नियम ७
निशुल्क मर्मत गर्ने
(१) मिटरदेखि कार्यालयको स्वामित्वमा रहेको मुख्य पाइप लाइनको मर्मत कार्य कार्यालयले निशुल्क गर्नेछ । पाइपको मर्मतको लागि आवश्यक पर्ने सामान र अन्य खर्च कार्यालयले तोके बमोजिम उपभोक्ताले व्यहोर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पाइपको मर्मत गराउनु पर्ने भएमा उपभोक्ताले अघिल्लो महिना सम्मको महसुल बुझाएको रसिद संलग्न गरी कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा कार्यालयले धाराको पाइप निशुल्क मर्मत गरी दिनेछ ।